इजरायलका प्रधानमन्त्रीलाई कोरोना संक्रमण
नेपालखोज
२०७८ चैत १४ गते १३:२९

काठमाडौं । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ। प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उनलाई संक्रमण पुष्टि भएको हो ।
उनले अस्वस्थ महसुस गरेपछि एकान्तवासमै रहेर काम गरिरहेको र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गरेको जनाइएको छ । उनि त्यसअघि इजरायलकै उत्तरी सहर हाडेराको भ्रमणमा पनि गएका थिए । इस्लामी स्टेटका लडाकुहरूको आक्रमणमा परी दुई प्रहरी मारिएको र घटनाका बारेमा उनले आइतबार राती रक्षा तथा सार्वजनिक सुरक्षा मन्त्री, सेना प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गरेका थिए।
सम्बन्धित
प्रतिक्रिया