नयाँ वर्षको लागि जावाको न्यू इयर स्किम

काठमाडौं । जावा मोटरसाइकलले नयाँ वर्षको अवसरमा जावा मोटरसाइकलको फोर्टी–टु, जावा, र पेराक सबै मोडलमा न्यू इयर स्किम ल्याएको छ ।
नेपालका लागि क्लासिक लिजेन्ड्सको एक मात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालि अन्तर्गत जावा मोटरसाइकलले नयाँ वर्षको अवसरमा जावा मोटरसाइकलको फोर्टी–टु, जावा, र पेराक सबै मोडलमा नेपाल अधिराज्यभरि लागु हुने गरी न्यू इयर स्किम ल्याएको हो ।
यो स्किम अन्तर्गत क्लासिक मोटरसाइकल प्रेमीहरुले जावा मोटरसाइकल खरिद गर्दा १५ हजार रुपैयाँको फ्ल्याट डिस्काउन्ट पाउन सक्ने छन् । यो अफरको लाभ जावा मोटरसाइकलको बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगंज, नारायणघाट, पोखरा, बाग्लुङ्ग, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट सजिलै लिन सकिनेछ ।
अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको साथै नेपालमा पनि निकै रुचाईएको जावा मोटरसाइकलले यस स्किममार्फत सबैबाट थप सकारात्मक प्रतिक्रिया पाउने विश्वास पनि गरिएको छ ।








प्रतिक्रिया