सुन ताेलामा १३ सय रूपैयाँले घट्याे, चाँदीकाे कति ?
नेपालखोज
२०७८ चैत १५ गते १०:५०

काठमाडाैं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीकै भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला १३ सय रूपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मुल्य पनि १३ सय रूपैयाँले घटेकाे छ । आज तेजाबी सुन ९८ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य आज घटेकाे छ । आज चाँदी १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया