आइतबार, पुष ६, २०८२

समृद्धि फाइनान्सद्वारा पशुपति विकास कोषलाई झोला वितरण

नेपालखोज २०७८ चैत १५ गते १३:४४

काठमाडौं । समृद्धि फाइनान्सले संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत पशुपतिक्षेत्र विकास कोष लाई झोला वितरण गरेको छ । एक कार्यक्रमबीच कोषलाई झोला वितरण गरिएको हो ।

समय समयमा संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको र भविष्यमा विभिन्न कार्यक्रमहरु गर्ने फाइनान्सका व्यवसाय विभागका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिएका छन् । फाइनान्सले मुद्धती निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधित्तम ११ प्रतिशत सहित आर्कषक व्याजदर र विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।

फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया