नाटो गठबन्धनविरुद्ध रूस : को-कति शक्तिशाली ?

काठमाडौं । रूस-युक्रेन युद्ध युरोपमा फैलने डर सबैलाई छ । अमेरिकी राष्ट्रपति जे वाइडेनले रुसलाई युरोप तर्फ नताक्न बारम्बार चेतावनी दिँदै आएका छन् । तर पनि रुसले युक्रेनपछि पोल्यान्डमा आक्रमण गर्छ भन्ने आशंका मेटिएको छैन । यसबीच रुसलाई चेतावनी दिन रूसको सीमानजिकै नाटो देशका ३० हजार सैनिकले युद्धअभ्याससमेत गरेका छन् जसमा परमाणु पनडुब्बीहरुसमेत सामेल भएको बताइन्छ ।
रूसलाई रोक्न जरूरी ?
गएको वर्ष रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले संसारको जुनसुकै कुनामा प्रहार गर्नसक्ने परमाणु मिसाइल तयार गरेको र यसले हर लक्ष्य भेदन गर्ने दाबी गरेका थिए । पुटिनका अनुसार यो मिसायल लाई रोक्न असम्भव छ । रूसको सरकारी टेलिभिजनमा पुटिनले एउटा प्रेजेन्टेसन दिएका थिए जसमा उनले रूसले पनडुब्बि बाट छोड्न सकिने ड्रोन तयार गरेको र यसले परमाणु हमला समेत गर्न सक्ने बताएका थिए । पुटिनको दाबी थियो रूसको नयाँ मिसायललाई युरोप र एसियामा भएको अमरीकी डिफेन्स सिस्टम ले पनि रोक्न सक्दैन ।
अर्कातिर अमेरिकी राष्ट्रपतिले पनि आफ्नो परमाणु हतियारलाई आधुनिकीकरण गर्ने आदेश दिएका थिए तर त्यसमा के कति काम भयो अहिलेसम्म गोप्य नै छ । विज्ञहरु के मान्छन् भने रूसलाई युक्रेनमा रोकिएन भने उसको अर्को टारगेट रूससँग सीमा जोडिएका अरु देश हुनेछन् जो नाटोका सदस्य छन् । यो साँच्चिकै ठूलो खतरा हो र यसले तेस्रो विश्वयुद्ध निम्त्याउने पक्का छ । यो आरपारको लडाइँमा रुसविरुद्ध नाटो गठबन्धनका साथ अमेरिका आमने-सामने हुनेछन् ।
नाटो गठबन्धनविरुद्ध रूस : को-कति शक्तिशाली ?
-नाटो गठबन्धन सँग ५४ लाख ५ हजार ७०० सैनिक छन भने रूस सँग १३ लाख ५० हजार सैनिक छन् ।
-नाटो गठबन्धनसँग सक्रिय सैनिकको संख्या ३३ लाख ६६ हजार छ । उता रूससँग सक्रिय सैनिकको संख्या ८ लाख ५५ हजार छ ।
-नाटो गठबन्धनसँग प्यारा मिलिट्री युनिटको संख्या ७ लाख ३८ हजार ७०० छ । यसको तुलनामा रूस सँग २ लाख ५० हजार प्यारा मिलेट्री छन् ।
-नाटो गठबन्धनसँग २०,७२३ वटा एयरक्राफ्ट छन् भने रूससँग ४,१७३ एयरक्राफ्ट छन् ।
-नाटोसँग ग्राउन्ड अट्याकका लागि १,०४८ एयरक्राफ्ट छन् भने रूससँग ७३९ वटा ग्राउन्ड अट्याक एयरक्राफ्ट छन् ।
-नाटो गठबन्धनसँग ६७८ वटा ट्यांकर एयरक्राफ्ट छन् । उता रूससँग २० वटा ट्यांकर एयरक्राफ्ट मात्र छ ।
-नाटो गठबन्धनसँग भएको ८,४८५ वटा हेलिकोप्टरको तुलनामा रूस सँग १,५४३ वटा हेलिकोप्टर छन् ।
यस हिसाबले रूसको तुलनामा नाटो गठबन्धन निकै बढी शक्तिशाली छ । अझ यसमा अमेरिका पनि मिसिँदा यो महाशक्ति नै बन्छ । त्यसैले पनि युक्रेनी राष्ट्रपति जेलेन्स्की नाटो गठबन्धनमा जोडिन चाहन्थे । उता रूसका राष्ट्रपति पुटिनले यो लडाइँमा नाटो गठबन्धन उत्रने हो भने परिणाम निकै भयावह हुने चेतावनी दिँदै आएका छन् र उनको इसारा परमाणु युद्धतर्फ छ ।
भनिन्छ अहिले नाटो गठबन्धनका २७ वटा देशका ३० हजार सैनिक एलर्ट पोजिसनमा छन् । जल, स्थल तथा वायुसेनाका यी सैनिक नर्वे तथा समुद्रमा तैनाथ गरिएका छन् । नर्वे र रुसको २०० किलोमिटर जमिन एक-अर्कासँग टाँसिएको छ ।
प्रतिक्रिया