सोमबार, असार ९, २०८२

चोभारको सुक्खा बन्दरगाहका लागि समेत प्रतीतपत्र जारी गर्न सकिने

नेपालखोज २०७८ चैत १५ गते १७:३७


काठमाडौं । सरकारले केही समयअघि मात्र सञ्चालनमा ल्याएको चोभारको सुक्खा बन्दरगाहको लागि समेत प्रतीपत्र अर्थात एलसी जारी हुन सक्ने भएको छ । राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक र राष्ट्रियस्तरका बिकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दे यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

परिपत्रमा भनिएको छ, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संसोधन तथा थप गरी विदेशी विनिमय (नियमित गर्ने ऐन २०१९) को दफा १२ ले दिएको अधिकार प्रयोग गरी उक्त परिपत्र जारी गरिएको हो ।

अन्तर्राष्ट्रिय व्यापारको लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्था बमोजिम चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका हुने गरी समेत जारी गर्न सकिने छ । साथै मेची, विराटनगर, वीरगञ्ज, सुक्का बन्दरगाह सिर्सिया र भैरहवा भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीतपत्र जारी भईसकेका मालवस्तुको समेत पैठारीकर्ताको माग भएमा प्रचलित व्यवस्था बमोजिम चोभार सुक्खा भन्सार कार्यालयको नाममा भन्सार बिन्दु परिवर्तन गर्न सकिने छ, परिपत्रमा भनिएको छ ।

प्रतिक्रिया