आइतबार, पुष ६, २०८२

समृद्धि फाइनान्सको नयाँ क्यालेन्डर सार्वजनिक

नेपालखोज २०७८ चैत १६ गते १४:३४

काठमाडौं । समृद्धि फाइनान्सले नयाँवर्ष २०७९ सालको आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ । बुधबार संस्थाका प्रमुखकार्य कारी अधिकृत टिका निधि लोहनीले शाखा कार्यालय पुतलीसडक काठमाडौं एक कार्यक्रममाझ आफ्नो आधिकारिक क्यालेण्डर सार्वजनिक गरेको फाइनान्सका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिएका छन् ।

साथै, ई-क्यालेन्डर पनि आधिकारीक अनलाईन पेज फेसबुक, इस्टाग्राम र टुइटर र वेभसाइट मार्फत सार्वजनिक गरेको छ । फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनिशाखा सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया