नेदरल्यान्डद्वारा १७ रुसी कूटनीतिज्ञलाई देश छाड्न निर्देशन
नेपालखोज
२०७८ चैत १६ गते १६:०८

काठमाडौं । नेदरल्यान्डले आफ्नो देशमा रहेका १७ रुसी कूटनीतिज्ञहरूलाई देश छाड्न निर्देशन दिएको छ ।
नेदरल्यान्डमा बसेर उनीहरूले कूटनीतिक मर्यादा र जिम्मेवारी विपरित कार्य गरेको भन्दै उनीहरूलाई स्वदेश नै फिर्ता हुन निर्देशन दिइएको हो । नेदरल्यान्डको विदेश मामिला मन्त्रालयले राष्ट्रिय सुरक्षाका कारणले उनीहरूलाई निष्कासित गर्नु परेको जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया