रुस-युक्रेन युद्ध : पुटिनलाई युद्ध मैदानको वास्तविक अवस्था थाहा नदिइएको दाबी

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धको यथार्थ तस्बिर प्रस्तुत नगरिएको पश्चिमा जासुसी निकायहरूले बताएका छन् ।
कुन हदसम्म उनको सेना युक्रेन युद्धमा पराजित भइरहेको छ भन्ने यकीन विवरण पुटिनलाई नदिइएकाले शान्ति वार्ताका प्रयासमा समेत प्रभाव पर्ने चिन्ता पश्चिमा अधिकारीहरूले गरेका छन् ।
रुसको युक्रेन अतिक्रमण सुरु भएको पाँच साता वित्दै गर्दा त्यहाँ मस्कोका सेनाले विभिन्न अवरोध सामना गर्नुमा पुटिनलाई युद्धमैदानको वास्तविकता नबताइनु पनि कारण रहेको ब्रिटिस तथा अमेरिकी जासुसी निकायले जनाएका छन् ।
ह्वाइट हाउसले भनेको छ यही कारण पुटिन र उनका सैन्य जर्नेलहरूबीच तनाव बढेको छ । वरिष्ठ सल्लाहकारहरूले रुसी नेतालाई युद्धमैदानमा सेनाको खराब प्रदर्शनबारे बताउन डराएका छन् ।
पुटिनले पश्चिमा देशहरूले लगाएको आर्थिक प्रतिबन्धको यकिन परिणामबारे समेत पूर्ण रूपमा नबुझेको ह्वाइट हाउसकी प्रवक्ताले बताइन् । बीबीसी
प्रतिक्रिया