आइतबार, पुष ६, २०८२

वित्तीय पहुँचका लागि नेपाल बैंकको ‘ग्लोबल मनी वीक’ प्रभावकारी

नेपालखोज २०७८ चैत १७ गते १२:२९

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले गण्डकी प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरि ‘ग्लोबल मनी वीक’ भब्य रुपमा सम्पन्न गरेको छ । गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहुँच पुर्याउने र प्रदेशका हरेक वर्ग र क्षेत्रका मानिसलाई चेतना प्रदान गरी सशक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

ग्लोबल मनी विक २०२२ को थिम ‘बिल्ड योर फ्युचर, वि स्मार्ट अबाउट मनि’ र ग्लोबल मनी विक को स्थायी नारा ‘लर्न सेभ अर्न’लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले गण्डकी प्रदेशमा अभियानकैरुपमा वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।

फागुन ७ देखि १३ गते सम्म चामे मनाङ्ग, गोरखाको जौबारी, कास्की पोखराको पृथ्वीचोक, अमरसिङ्, बगर र हेम्जा साथै बाग्लुंग जिल्लाको बुर्तिवाङ् गरी ७ स्थानहरुमा बैंकका शाखाले विद्यार्थी, महिला, किसान, उद्यमी लगायत समाजका विभिन्न वर्गका व्यक्तिहरु लाभान्वित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेका छन् ।

बैंकले गण्डकी प्रदेशमा यस आर्थिक बर्षको शुरु देखि हालसम्म २० वटा वित्तीय साक्षरताका कार्यक्रमहरु संचालन गरेको र उक्त कार्यक्रमहरुबाट करिब १५ सय व्यक्तिहरु लाभान्वित भएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया