हंगेरीमा सांसद चयनका लागि मतदान : बहुमत हासिल गरे पाँचौं पटक अर्वान प्रधानमन्त्री बन्ने

काठमाडौं । हंगेरीमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान भएको छ । आज भएको निर्वाचनबाट १ सय ९९ सिटका लागि सांसदहरू निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनले प्रधानमन्त्री भिक्टर अर्वानको भविश्वको पनि फैसला गर्ने भएको छ । देशभरी मतदान अधिकार पाएकाहरूको संख्या ७० लाख ८० हजार रहेको छ ।
निर्वाचनका लागि देशभरी १० हजार मतदान केन्द्रहरू तय गरिएको आयोगले जनाएको छ । स्थानीय समय अनुसार बिहान ६ बजेदेखि सुरु भएको मतदान बेलुका ७ बजेसम्म चल्ने भएको छ । निर्वाचनको नतिजा आइतबार राती नै आउने अपेक्षा गरिएको छ । वर्तमान राष्ट्रपति अर्वानकै पार्टी फिडेज पार्टीले थोरै मतान्तरले जित हासिल गर्ने अनुमान गरिएको छ ।
सन् १९९८ देश शक्तिमा आएका ५८ बर्षिया प्रधानमन्त्री अर्वानले सुरुमा सन् २००२ सम्म शासन चलाएका थिए । त्यसपछि सन् २०१० मा फेरि शक्तिमा आएका थिए । आइतबार भएको निर्वाचनमा पनि उनको पार्टीले बहुमत हासिल गरेमा उनि पाँचौं पटक देशको प्रधानमन्त्री बन्ने भएका छन् । यसअघि सन् २०१८ मा भएको निर्वाचनमा उनले गठबन्धनकाे १३३ सिटमा जित हासिल गरेका थिए ।
प्रतिक्रिया