कुमारी बैंकले गर्यो रक्तदान कार्यक्रम
नेपालखोज
२०७८ चैत २२ गते १२:०३

काठमाडौं । कुमारी बैंक लिमिटेडले २०औं वर्ष सफलतापुर्वक सम्पन्न गरी २१औं वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा कुमारी बैक कर्मचारी संघले रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवं अन्य स्वयम सेवी रक्तदाताहरु गरी १०९ जनाले रक्तदान गरेका छन् ।
देशमा स्वास्थ उपचारको लागि आवश्यक रगत आपुर्तिमा उक्त कार्यकमबाट संकलित रगतबाट केही सहज हुनेमा आयोजक विश्वस्त रहेको छ । कुमारी बैंकले नेपालमा प्रचलित परम्परागत बैंकिङ पद्धतिलाई नयाँ प्रविधिको प्रयोग १९७ शाखा संजाल, १७७ एटीएम, ४३ शाखारहित बैंकिङमार्फत ग्राहक वर्गको सुविधा र चाहना अनुरुपका सेवा तथा सुविधा प्रदान गर्दै आएको छ ।
साथै बैंकले आगामी दिनमा उत्कृष्ट सेवा तथा सुविधाहरु प्रदान गर्दै अझ बढी बिश्वासनिय र सबल बैंकको रुपमा स्थापित हुने प्रतिवदता जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया