फोटोन मोटर्सको इलेक्ट्रिक भ्यान बजारमा

काठमाडौं । फोटोन मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान र स्कूल भ्यान केहि महिना भित्रै नेपाली बजारमा ल्याउने भएको छ । फोटोनका यी भ्यानहरु १०० के डब्लु (१३६ एचपी) भन्दा बढी इन्जिन क्षमताको रहेका छन् ।
यी भ्यानहरुको रेञ्ज सिङगल चार्जमा २५० किलोमिटर रहेको छ । आजको विश्वको मुख्य चुनौती वातावरण प्रदूषण हो, बिजुली गाडीबाट वातावरण प्रदूषण नगन्य मात्रामा हुने भएकोले गर्दा अबको फोटोनको यात्रा बिजुली गाडी तिर बडी केन्द्रित हुनु सकारात्मक रहेको छ । फोटोन मोटर्सले वातावरणमैत्री एवं जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने कार्गो भ्यान नेपाली बजारमा ल्याउने भएको हो ।
वातावरणमैत्री एवं जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने बिजुलीबाट उत्पादित यस्ता प्रकारका भेहिकल प्रति उपभोक्ताहरुको राम्रो ध्यानाकर्षण भईरहेको र मागहरु बढ्दै गईरहेको तथ्य पछिल्लो बजार तथ्याङकले पनि दर्शाएको छ । बिजुली आपुर्ति सहजहुदाँ डिजेल भन्दा बिजुली गाडी सञ्चालन खर्च कमहुने अन्तराष्ट्रिय अध्ययनले प्रमाणित गरिसकेको छ । लिथियम ब्याट्रीबाट सञ्चालन हुने बिजुली बस, कार, मोटरसाईकल, स्कुटर आदि उत्पादनमा चीन अरु राष्ट्रहरु भन्दा धेरै माथि रहेको अवस्था छ ।
उत्पादन संख्या धेरै भएको चिनका उत्पादकहरुले विश्व बजारमा धेरै संख्यामा गाडी तथा ब्याट्रीहरु सुपथ मूल्यमा मागअनुसार निर्यात गरिरहेको छ ।








प्रतिक्रिया