मञ्जु फाईनान्सको नयाँ शाखा गोंगबुमा उद्घाटन
नेपालखोज
२०७८ चैत २४ गते २३:००

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ४, गोंगबुमा आफ्नो २४ औं शाखा उद्घाटन गरेको छ ।
मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदुत दामोदर प्रसाद गौतमले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
२०७८ साल पौष मसान्त सम्म एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रियस्तरको यस फाईनान्सले ११ अर्ब ६३ करोड रुपैंयाँ निक्षेप संकलन गरी ११ अर्ब दुई करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैंकिङ र एटिएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।
सम्बन्धित








प्रतिक्रिया