अजोड इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छि बिमा अभिकर्ता आधारभुत तालिम सम्पन्न

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले कृषि तथा पशुपन्छि बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको छ । कम्पनीले यही चैत्र २२, २३ र २४ गते रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको चन्द्रपुरमा कृषि तथा पशुपन्छि बिमा अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा सहभागी बिमा अभिकर्तालाई अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल र कृषि विभागमा कार्यरत सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा २९ जना बिमा अभिकर्तालाईको सहभागिता भएको थियो र कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडको रौतहट शाखाका प्रमुख प्रभु चौधरीलेले गरेका थिए ।

त्यसैगरी कम्पनीले चैत्र १९, २० र २१ गते पनि रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. १०, वरेडवामा घुम्ति बिमा सेवा कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ । अतिथि चन्द्रपुर नगरपालिका वडा नं. १० का वडा सदस्य प्रभु चौधरी, अतिथि अर्गानिक दुग्ध विकास सहकारी संस्थाका सचिव रामलोचन चौधरी र वडा अध्यक्ष जयराम चौधरीको प्रमुख अतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड रौतहट शाखाका प्रमुख प्रभु चौधरीले गरेका थिए ।
कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नं. १०, वरेडवाका कृषकहरु, अजोड इन्स्योरेन्स लिमिटेडका मधेश प्रदेशका प्रमुख हुलास यादव सहित कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।








प्रतिक्रिया