सोमबार, असार ९, २०८२

भृकुटीमण्डपमा स्वदेशी तथा विदेशी उत्पादनकाे प्रदर्शन जारी

नेपालखोज २०७८ चैत २५ गते १२:४८

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा विशेष छुटमा स्वदेशी तथा विदेशी सामानहरुको वृहत प्रदर्शन भइरहेको छ । चैत २३ देखि २७ गतेसम्म सञ्चालन हुने स्टक स्वदेशी तथा विदेशी सामानको वृहत प्रदर्शनमा विशेष छुटसहित अफरको व्यवस्था रहेको छ । कोरोनाका कारण बिक्री नभएका र बाँकी रहेका पुराना सामान र नयाँ सामानहरु मेलामा राखिएको छ । मेलामा नेपाल, चीन, भारत, थाइल्याण्ड, बंगलादेश र पाकिस्तानका उत्पादित वस्तुहरु राखिएको छ ।

मेलामा व्यापारीहरुले बिक्री नभएका सामानहरु सहुलियतमा बेच्ने र ग्राहकहरुले सहुलियत दरमा किन्न पाइने मेला व्यवस्थापक अनिल श्रेष्ठले बताए । उनले मेलामा बिक्री नभएका सामानहरु र नयाँ उत्पादित सामानहरु रहेको र विशेष छुटमा बिक्री भइरहेको जानकारी दिदैँ मेलामा न्युनतम १० देखि ८० प्रतिशत छुटमा सामानहरुको बिक्री भइरहेको पनि बताए । त्यस्तै मेलामा रहेका व्यापारी अनिशा लिम्बूले ग्राहकहरुलाई विशेष छुट दिएर कोरोनाकालमा बिक्री हुन नसकेका सामानहरु बेचिरहेको र मेलामा आउनेको संख्या उल्लेख्य रहेको बताइन् । उनले मेलामा चीन र भारत, नेपालका गमलाहरु मेलामा राखेकी छन् ।

त्यस्तै अर्की व्यापारी रजनी महर्जन कोरानाका कारण दुई वर्षदेखि व्यापारहरु बन्द भएपनि अब बिस्तारै बजार सञ्चालन भएकोमा खुशी लागेको बताइन् । चैत २३ गतेबाट शुरु भएको मेला २७ गतेसम्म सञ्चालन हुने छ । मेलामा पुराना सामग्रीहरु सस्तो र सुलभ दरमा विशेष छुटसहति ग्राहकहरुलाई बिक्री गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया