सोमबार, वैशाख २९, २०८२

कोलम्बियामा बाढीमा परी १३ जनाको मृत्यु

नेपालखोज २०७८ चैत २६ गते १५:०६

काठमाडौं । कोलम्बियामा बाढीमा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । बाढीमा परेर कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरु केही हराइरहेका बताइएको छ ।त्यहाँ केही दिनदेखि अविरल वर्षा जारी छ । वर्षाका कारण बाढी आएको र शुक्रबारसम्ममा १३ जनाको ज्यान गएको प्रकोप नियन्त्रण विभागले जनाएको छ ।

भारी वर्षा सुरु सँगै विभिन्न स्थानमा वर्षा जारी रहेको छ । वर्षाका कारण जनजीवन पनि प्रभावित भएको छ । वर्षा अहिले नै रोकिने अवस्था नदेखिएको भन्दै मौसम विभागले नागरिकहरुलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । बाढीका कारण कतिपय सडकहरुमा पहिरो गएकाले यातायात पनि अवरुद्ध भएको पाइएको छ ।

प्रतिक्रिया