सोमबार, वैशाख २९, २०८२

पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पारित

आफूलाई सत्ताबाट हटाउन अमेरिकाको भूमिका रहेकाे खान आराेप

नेपालखोज २०७८ चैत २७ गते ८:१०

काठमाडौं । पाकिस्तानको राष्ट्रिय सभामा अविश्वासको प्रस्ताव सफल भएपछि प्रधानमन्त्री इमरान खान सत्ताबाट बाहिर भएका छन् । शनिबार राति राष्ट्रियसभामा उनको सरकारविरुद्ध अविश्वासको प्रस्ताव भएको थियो ।

जसमा १७४ सदस्यले प्रस्तावको पक्षमा मतदान गरेका थिए । इमरान खानले आफूलाई सत्ताबाट हटाउन अमेरिकाको नेतृत्वमा षड्यन्त्र रचिएको दाबी गरेका छन् ।

उनले नयाँ सरकारलाई स्वीकार गर्न अस्वीकार गरेका छन् । पाकिस्तानको इतिहासमा प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव सफल भएको यो पहिलो पटक हो ।

त्यस्तै सोमबार पाकिस्तान एसेम्बलीको महत्वपूर्ण सत्र हुँदैछ जसमा नयाँ प्रधानमन्त्रीको चयन हुनेछ । नयाँ प्रधानमन्त्रीले आगामी निर्वाचनसम्म अर्थात् अक्टोबर २०२३ सम्म पदभार ग्रहण गर्नेछन् । बीबीसी

प्रतिक्रिया