सुन ताेलामा ८ सय रूपैयाँले बढ्याे
नेपालखोज
२०७८ चैत २७ गते १०:५७

काठमाडाैं । नेपाली बजारमा आज आइतबार सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार ९९ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ८ सय रुपैयाँले बढेको छ । आज तेजाबी सुन ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे तेजावी सुन ९९ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेकाे छ । आज चाँदी १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया