आरम्भ चौतारी लघुवित्तले २१ प्रतिशत लाभांश दिने

काठमाडाैं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको हिजाे काभ्रेको बनेपामा आयोजित छैठौँ वार्षिक साधारणसभाले सो प्रस्ताव पास गरेको अध्यक्ष जगतबहादुर पोखरेलले बताए । प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने संस्थाले निर्णय गरेको हो ।
संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट २१ प्रतिशत बोनस सेयर वितरण गर्ने छ । वितरण गरिने लाभांश चैत १६ गतेसम्म कायम सेयरधनीहरुले मात्र पाउनेछन् । देशकै नमुना लघुवित्त बनाउने उद्धेश्यका साथ ५५ जिल्लामा १५० शाखा बिस्तार गरिएको अध्यक्ष जगतबहादुर पोखरेलले बताए ।
त्यस्तै सभाले कुनै एक बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने-गाभिने वा मर्जरमा जाने विषयलाई संशोधनसहित पारित गरेको भने गत आर्थिक वर्षको वार्षिेक प्रतिवेदन र आव २०७७-०७८ अन्तिम सम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरु पारित गरेको छ ।
आर्थिक वर्ष २०७८-०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने साथै देउराली लघुवित्तलाई प्राप्ति गरेपश्चात संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक विनोद ज्ञवालीलाइ संचालकमा अनुमोदन समेत गरेको छ ।








प्रतिक्रिया