घान्द्रुकमा ज्योति विकास बैंकको एटीएम

काठमाडौं । ज्योति विकास बैंकले आईतबारबाट चर्चित पर्यटकीय स्थल घान्द्रुक- कास्कीमा पहिलो ए.टी.एम. सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकको घान्द्रुक शाखा कार्यालय रहेको स्थानमा नै ए.टि.एम. सञ्चालनमा ल्याइएको हो ।
कार्यक्रममा अन्नपुर्ण गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष कुमार गुरूङले ए.टी.एम. बुथको समुद्घाटन गरेका हुन । कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत बलदेव थापा, पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने, मानव संशाधन प्रमुख श्री प्रजिता जोशी, घान्द्रुक शाखा प्रबन्धक प्रदिप सुनाम, अन्य कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।
उद्घाट्न समारोहमा कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष कुमार गुरूङले सो ए.टी.एम. सेवा मार्फत त्यहाँका स्थानीय वासिन्दाहरु लगायत पर्यटकहरूलाई पनि ले निकै नै सुविधा पुर्याउने विश्वास लिएको र बैंकले थप सेवा उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरेका थिए । साथै बैंकले हालसालै बैंकिङ पहुंचलाई थप विस्तार गर्दै जनतामाझ बैंकको पहुँच सहज बनाउने उद्देश्यले इलाम, कञ्चनबारी, लहान र कटारीमा चार नयाँ शाखा विस्तार गरेको छ ।








प्रतिक्रिया