आइतबार, पुष ६, २०८२

पोखरामा फेवा महोत्सवको प्रमुख आकर्षण ‘अन्नपूर्ण केबुलकार’

नेपालखोज २०७८ चैत २८ गते १८:२७


काठमाडौं । “पोखरामा थप एक दिन”भन्ने सन्देश बोकेको अन्नपूर्ण केबुलकार, पोखरा सेदिबगरदेखि नेपाल कै सबैभन्दा लोकप्रिय हिल स्टेशन सराङकोटमा अवस्थित छ । नयाँ बर्षको पूर्व सन्ध्यामा होटल एसोसिएसन पोखराले आयोजना गरेको यो वर्षको फेवा महोत्सवमा अन्नपूर्ण केबुलकार मुख्य प्रायोजक रहेर एक विशेष आकर्षण बनि आगन्तुकहरुको मन जित्न तत्पर रहेको छ ।

पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढि सराङकोटबाट आगन्तुकहरुले अन्नपूर्ण माछापुच्छ्रे हिमालको श्रृखलासँगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ सुविधा सम्पन्न होटेलहरुको सेवा तथा जीप फ्लायएरको समेत साहसिक अनुभव लिन सक्नेछन् । साथै केबुलकारबाट पोखरा सहर, फेवाताल, शिवप्रतिमा, विश्वशान्ति प्यागोडा लगायतका दृश्यहरु पनि हेर्न सक्नेछन् । पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबुलकार थप एक दिनको गन्तव्य बनेको छ ।

प्रतिक्रिया