आइतबार, पुष ६, २०८२

बाथरूम प्रोडक्ट्स रोकाको आठ वटा नयाँ शोरुमको उद्घाटन

नेपालखोज २०७८ चैत २८ गते २१:०५

काठमाडौं । विश्वको अग्रणी सेनेटरीवेयर स्पेस र प्रिमियम बाथरूम समाधानमा अग्रगामी कम्पनी रोका बाथरूम प्रोडक्ट्स प्रालिले निरन्तर बढ्दो ब्रान्ड इकोसिस्टमको फाइदा उठाउन नेपालमा ८ वटा नयाँ शोरुमको उद्घाटन गरेको छ ।

कम्पनीले नेपालका प्रमुख शहरहरु काठमाडौं, पोखरा, बुटवल र भैरहवामा आफ्नो ब्रान्डको उपस्थितिलाई बलियो बनाउन यस ठाउँहरुमा नयाँ शोरुमको विश्तार गरेको हो । कम्पनीले श्री केई रंगनाथन, प्रबन्ध निर्देशक, रोकाबाथरूम प्रोडक्ट्स प्रालिको नेपाल भ्रमणको अवसर पारि ८ वटा नयाँ शोरुम, ५ वटा ब्रान्ड प्यारीवेयर र ३ वटा ब्रान्ड रोकाको उद्घाटन गरेको हो । ब्रान्ड प्यारीवेयरले नेपालमा बलियो उपस्थितिज नाउँदै २० प्रतिशतको बजार हिस्सा पाएको छ ।

विश्वको नम्बर १ बाथरूम निर्माता र युरोपेली ब्रान्ड रोका संसारका १८० भन्दा बढी देशहरूमाअ वस्थित छ । रोकासँग नेपालमा प्रिमियमबजार हिस्सा छ र यसको नेपालमा व्यापार उच्च वृद्धिको चरणमा रहेको छ । कम्पनीका लक्जरी ब्राण्ड अरमानी रोका र लाउफेन बलियो रिटेल उपस्थितिका साथ नेपालमा प्रवेश गर्ने तयारीमा छन् । यी नयाँ शोरुमहरूको सुरुवातसँगै, ब्रान्डले नेपालमा बलियो उपस्थिति जनाउँदै आमजनतचाको विश्वास जित्ने लक्ष्य राखेको छ ।

शोरुमको शुभारम्भको अवसरमा बोल्दै रोकाबाथरूम प्रोडक्ट्स प्रालिका प्रबन्ध निर्देशक केई रंगनाथनले भने, “हामी हाम्रो पहुँच विस्तार गर्न र हाम्रो ब्रान्डको सफलतामा योगदान पुर्‍याउने नेपाली बजारमा बलियो उपस्थिति राख्न पाउँदा खुसी छौं । हामी यस्ता बजारहरूमा हाम्रो खुद्रा उपस्थितिलाई सुदृढ गर्न जारी राख्ने छौं जहाँ हामीले बलियो उपस्थिति स्थापित गरेका छौं र हाम्रा ग्राहकहरूको लागि सुविधाजनक र उत्कृष्ट अनुभव सुनिश्चित गर्दै हाम्रा फरक उत्पादनहरू, सेवाहरू र आश्वासनहरूका साथ नयाँबजारहरूमा प्रवेश गर्नेछौं । उनले थपे, “हामी बजारमा लगानी, नयाँ उत्पादन र गुणस्तरियतामा केन्द्रित भएर हाम्रो बलियो उपस्थितिलाई निरन्तरता दिने महत्वाकांक्षी योजना छ ।“

रोका विश्वको सबैभन्दा ठूलो बाथरुम उत्पादन गर्ने कम्पनी भएकोले ग्राहकहरुका लागि हाम्रो उत्पादनहरुले सन्तुष्ट दिने विश्वास गर्दछ र ग्राहकहरुलाई उनीहरुको आवश्यकता अनुसार स्पष्ट रुपमा उत्पादनहरु छनोट गर्न मद्दत गर्दछ । ग्राहकहरूलाई अनौठो किनमेल अनुभव प्रदान गर्न प्यारीवेयर सँग नेपालभर १०० भन्दा बढी आउटलेटहरू छन् ।

विश्वनम्बर १ रोका ब्रान्डका नेपालमा १५ भन्दा बढि हाई एन्ड शोरुमहरू छन् जसले उच्च स्तरका ग्राहकहरू र आर्किटेक्टहरूलाई उत्कृष्ट किनमेल अनुभव प्रदान गर्दछ । हाल, रोका प्यारिवेयरले ले नेपालभर १८ होटल ल्यान्डमार्क परियोजनाहरूमा सक्रिय रूपमा काम गरिरहेको छ ।

रोकाको बारेमा
“रोकाबाथरूम स्पेसको लागि उत्पादनहरूको डिजाइन, उत्पादन र व्यावसायीकरणमा संलग्न कम्पनी हो, साथै वास्तुकला, भवन र भित्री डिजाइनका लागि सिरेमिक फ्लोर र भित्ता टाइलहरू मिउनु यसको प्रमुख काम हो । यस कम्पनीको उत्पत्ति १९१७ बाट भएको हो, जब रोका परिवारले गाभा (बार्सिलोना) मानिर्माण शुरु गरेका थिए । यसले स्थापनाको शताब्दी सम्ममा २२६०० भन्दा बढी कामदारहरूलाई रोजगारी दिने लक्ष्य राखेको छ । रोकाको ७८ उत्पादन प्लान्टहरू छन् भने पाँच महाद्वीपहरूमा १७० भन्दा बढी शहरहरुमायसको उपस्थिति रहेको छ

प्यारीवेरको बारेमा
प्यारीवेर कम्पनीको पोर्टफोलियोको प्रमुख व्राण्ड हो । रोका ग्रुप भनेको १.८ युरो बराबरको बिशाल स्पेनी कम्पनी हो जो विश्वस्तरमा वाथरुम क्षेत्रमा अग्रणी स्थानमा रहिआएको छ । रोकाको विश्वस्तरीय सोघ अनुशन्धान र प्रविधिको आधारमा प्यारीवेरले आमजनताकामाझ आफ्नो विश्वस्नियता स्थापित गरेको छ, जसकारण योव्राण्ड भारतको बजारमा आफ्नो प्रभुत्व कायम गर्न सफल भएको छ ।

सुरुवाती दिनमा ईआईडी प्यारीबाट सुरुवात गरेको प्यारीवेर व्राण्ड आज आउदा ६० वसन्त पार गरिसकेको छ र भारतमा यो क्षेत्रमा प्रवेश गर्ने मध्यको यो सुरुवाती व्राण्ड हो । प्यारीवेरले आफुलाई विकाशोन्मुख प्रविधिको आधारमा वाथरुमको समाधानका लागि प्यारीवेर भन्ने चिनारी राखेको छ ।

यो व्राण्डले आफूलाई अलवेज इन फेशन भन्दै आफ्नो व्राण्ड पोजिसनीङ्ग गरेको छ । यसका साथै आफ्नो मौलिक डिजाइन, रङ्ग र आकारका साथ भारतीय कल्पना र जीवनशैलिमा मेल खाने प्रोडक्ट उत्पादन गरिरहने छ ।

प्रतिक्रिया