सोमबार, वैशाख २९, २०८२

पाकिस्तानको प्रधानमन्त्रीमा सहबाज सरिफ निर्वाचित

नेपालखोज २०७८ चैत २८ गते २१:५०

पाकिस्तान। पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा सहबाज सरिफ नियुक्त भएका छन्। आज नेसनल एसेम्ब्लीमा पाकिस्तान मुस्लिम लिग (नवाज) का सरिफ निर्विरोध प्रधानमन्त्री नियुक्त भएका हुन्।

संसदको सबैभन्दा ठूलो दल इमरान खान नेतृत्वको पार्टी पाकिस्तान पिटिआईका सांसदहरूले निर्वाचन बहिष्कार गरेपछि सरिफ निर्विरोध प्रधानमन्त्री चयन भएका हुन्। सरिफलाई १७४ जना सांसदले समर्थन गरेका थिए ।

३४२ सदस्यीय एसेम्ब्लीमा पिटिआईका १५५ जना सांसद छन्। शनिबार राति इमरानविरूद्धको अविश्वास प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका थिए। आइतवार नेशनल असेम्बलीमा अविश्वास प्रस्ताव पारित भएपछि पदमुक्त भएका इमरान खानको ठाउँमा शहबाज शरीफ देशको २३ औँ प्रधानमन्त्री बनेका हुन् ।

शहबाज शरीफमाथि लेनदेनसँग जोडिएको एउटा मुद्दा चलिरहेको छ । यसको सुनुवाई अप्रिल २७ मा हुने तय भएको छ ।

प्रतिक्रिया