एनएमबी बैंकले नयाँ वर्षको अफर सार्वजनिक गर्याे

काठमाडौं । एनएमबी बैंकले ग्राहक तथा कर्मचारीलाई नयाँ वर्षको लागि नयाँ अफर सार्वजनिक गरेको छ । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले सिजी डिजीटलको उत्पादनको २० हजार रुपैयाँसम्मको सामान खरिद गरी एनएमबिको कुनै पनि कार्ड बाट पिओएस वा अनलाईनमा भुक्तानी गर्दा दुई हजार रुपैयाँ क्यास ब्याक पाइने छ ।
बैंकका अनुसार यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागि मात्र लागु हुने छ । यसैगरी एनएमबीका ग्राहकले नेपालको अग्रणी अनलाईन दराजबाट समान खरीद गर्दा १० प्रतिशत वा एक हजार रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५ प्रतिशत वा १५ सय रुपैयाँसम्म छुट पाउन सक्ने छन् । बैंकका अनुसार यो योजना चैत्र २८ देखि शुरु भई सिमित अवधिको लागि मात्र लागु हुने छ ।
नयाँ वर्ष कै अवसरमा एनएबी बैंकका ग्राहकहरुले इ एनएमबी एप बाट स्क्यान गरी दैनिक उपभोग्य बस्तुको भुक्तानी गर्दा १० प्रतिशत वा एक सय रुपैयाँसम्मको क्यास ब्याक पाउनुको साथै हेलिकप्टर चढी सगरमाथा सम्म भ्रमण गर्ने मौका पाउन सकिने जानकारी पनि बैंकले दिएको छ । बैंकका अनुसार उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो ई एनएमबीएप डेबिट कार्ड सक्रिय गरी ई–कमर्स पनि सक्रिय गर्नु पर्नेछ । यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागि मात्र लागु हुने बैंकले जानकारी दिएको छ ।








प्रतिक्रिया