आइतबार, पुष ६, २०८२

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई ल्याण्डमार्क होटलमा विशेष छुट

नेपालखोज २०७८ चैत २९ गते १९:३९

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ल्याण्डमार्क होटलबिच बैंकको डेबिट कार्ड क्रेडिट कार्डबाट पस तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई स्पेशल प्याकेजमा १२ दशमलव पाँच प्रतिशतको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

आउदै गरेको नयाँ वर्ष २०७९ लाई लक्षित गरिे बैंकका ग्राहकहरुलाई ल्याण्डमार्क होटल पोखरा र चितवनमा उपलब्ध हुने स्पेशल प्याकेजमा १२ दशमलव पाँच प्रतिशतको विशेष छुट प्रदान गरिएको होे । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

ल्याण्डमार्क होटलले काठमाडाैं, पोखरा र चितवनबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । हालसम्म बैंकले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया