सिभिल बैंकको क्यालेण्डर सार्वजनिक

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले “अद्वितीय नेपाल” शिर्षकमा नेपाली नयाँ वर्ष २०७९को क्यालेण्डर सार्वजनिक गरेको छ । कोरेना महामारीको कारण करिव धराशायी भएको पर्यटन व्यवसायलाई यसले केही टेवा प्रदान गर्नेछ ।
साथै सोही महामारीको कारण मानिसहरु लामो समयदेखि घुम्नबाट बन्चित भएको र नयाँ-नयाँ भ्रमण गन्तव्यहरुको खोजीमा हुन्छन् । त्यसैले उक्त क्यालेण्डरमा नेपालका नवीन अद्वितीय भ्रमण गन्तब्यहरु फोक्सुन्डो ताल, नार–फु उपत्यका, त्रिवेणी पाटन, पाँचपोखरी, गोल्डेन धाप, देउ ढुंगा, कन्चाजन्घा बेस क्याम्प, सगरमाथा, गोक्यो ताल, कोरी डाँडा, खुमाइ डाँडा र धो–तरपको फोटो तथा छोटो टिप्पणी समाविष्ट गरिएका छन् ।
यस क्यालेण्डरका तस्वीरहरु ईमेज पसल डटकमबाट खरिद गरिएको तथा घुमन्तेद्वारा खिचिएको तस्बिरहरु भएको बैंकले जानकारी दिएको छ ।
नेपालको अतुलनीय प्राकृतिक सुन्दरताकै कारण देश विदेशबाट लोकप्रिय भ्रमण गन्तब्यको रुपमा नेपाल चिरपरिचित रहेको र यस क्यालेण्डरमा समाविष्ट गरिएका अद्वितीय भ्रमण गन्तब्यहरुले विद्यमान भ्रमण गन्तब्यमा मात्रै आफ्नो भ्रमणलाई सिमित नगरी नेपालको अन्य भ्रमण गन्तब्यहरुका बारेमा जानकारी दिनेछ भन्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताए ।








प्रतिक्रिया