विश्वमा कोरोना पुष्टि हुनेको संख्या ५० करोड, ज्यान गुमाउनेकाे संख्या ६२ लाख नाघ्यो
नेपालखोज
२०७८ चैत २९ गते २१:३५

काठमाडौं । विश्वमा कोरोना भाइसको संक्रमण ण पुष्टि हुनेको संख्या ५० करोड नाघेको छ । अहिलेसम्म ५० करोड एक लाख जनाभन्दा धेरैमा संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ ।
सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरस विश्वभर फैलिएर अहिलेसम्म ५० करोड मानिसमा संक्रमण भएको छ । सबैभन्दा धेरै अमेरिकामा आठ करोड २१ लाख र दोस्रोमा भारतमा चार करोड ३० लाख जनामा संक्रमण पुष्टि भएको छ । विभिन्न १२ देशमा एक करोडभन्दा धेरै मानिस संक्रमित भएका छन् ।
विश्वमा संक्रमण पुष्टि भएकामध्ये ६२ लाख ६ हजार जनाभन्दा धेरैले ज्यान गुमाइसकेका र ४५ करोड दुई लाख जना निको भएका छन् । यस्तै विश्वमा अहिलेसम्म ११ अर्ब ४६ करोड मात्रा कोरोनाविरुद्धको खोप प्रयोग भइसकेको छ । विश्वमा ४२ प्रतिशतभन्दा धेरै मानिसले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया