सोमबार, असार ९, २०८२

सुनचाँदीकै मूल्य बढ्याे, आजकाे भाउ कति ?

नेपालखोज २०७८ चैत ३० गते १०:५७

काठमाडाैं । नेपाली बजारमा आज बुधबार सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख १५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ६ सय रुपैयाँले बढेकाे छ । आज तेजाबी सुन १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे तेजावी सुन ९९ हजार ४ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

त्यसैगरी, चाँदीको मूल्य २० रूपैयाँले बढेकाे छ । आज चाँदी १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजाे चाँदी १३ सय ८० रूपैयाँमा काराेबार भएकाे थियाे ।

प्रतिक्रिया