आइतबार, वैशाख २८, २०८२

जोखिममा युक्रेन विरासत : युनेस्को चिन्तित

नेपालखोज २०७९ वैशाख १ गते १५:०६

काठमाडाैं । संयुक्त राष्ट्र संघको सांस्कृतिक एजेन्सी युनेस्कोले रूसी हमला शुरु भएयता युक्रेनमा सांस्कृतिक तथा धार्मिक स्थलमा नोक्सान पुगेको जनाएको छ । २४ फब्रुअरीमा रूसी हमला शुरु भएयता युक्रेनमा लगभग एक सय सांस्कृतिक तथा धार्मिक स्थलमा नोक्सान पुगेको हो । यो अनुमान दुई साता पहिले जारी युनेस्कोको अनुमानभन्दा लगभग दोब्बर हो ।

युनेस्कोको विश्व धरोहरका निर्देशक लजारे एलोन्डौं एसोमोका अनुसार क्षतिग्रस्त वा पुरै नष्ट भएका स्थलको संख्या शुक्रवारसम्म १०० पुग्नेछ । उनले युक्रेनको आठ क्षेत्रमा सूचीबद्ध ९८ स्थल तथा स्मारकहरुको सूची तयार गरिसकेोसमेत जनाएका छन् ।

संख्या अझ बढन सक्छ
एसोमोका अनुसार यसमा त्यस्ता कैंयन स्थल समावेश छन् । प्रारम्भिक मध्यकालीन समयमा बनेका तिनलाई सोभियत वास्तुकलाको नमुना मानिन्थ्यो । उनले चेतावनी दिँदै भने ‘य‍ो संख्या अझ बढन सक्छ ।’

क्षतिग्रस्त स्थल तथा स्मारकको पुनर्निर्माणमा समय लाग्ने र कतिपयको त पुनर्निर्माण पनि सम्भव नभएकई एसोमोले बताएका छन् । एसोमोले भने, ‘सांस्कृतिक विरासतको प्रतिक युनेस्को समर्थित धरोहरलाई निशाना बनाउनु अन्तर्राष्ट्रीय कानुनको उल्लंघन हो र यसलाई युद्ध अपराध मानिन्छ ।’

क्षतिग्रस्त भवन विश्व धरोहर स्थलमा सुचीकृत छैनन्

क्षतिग्रस्त युक्रेनी धरोहर मध्ये कुनै पनि धरोहर युनेस्कोको विश्व धरोहर स्थलमा सुचीकृत भने छैनन् । युनेस्को द्वारा विश्व धरोहरका रूपमा वर्गीकृत युक्रेनका सात स्थल छन जसलाई अहिलेसम्म कुनै क्षति पुगेको जानकारि छैन । अहिलेसम्म क्षति पुगेका धरोहर युक्रेनका लागि भने महत्त्वपूर्ण धरोहर हुन । यता युनेस्कोका महानिर्देशक आन्द्रे अजोले रूसी विदेश मन्त्री सर्गेई लाभरोभलाई एक पत्र लेख्दै संघर्षका दौरान सांस्कृतिक विरासतको रक्षामा रूसको दायित्व संम्झना गराएका छन ।

प्रतिक्रिया