सोमबार, असार ९, २०८२

सुन ताेलामा ५ सय रूपैयाँले बढ्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७९ वैशाख २ गते १०:५०

काठमाडाैं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार १ लाख १५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ५ सय रुपैयाँले बढेकाे छ । आज तेजाबी सुन १ लाख १५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन १ लाख १ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।

त्यसैगरी, चाँदीको मूल्य १५ रूपैयाँले बढेकाे छ । आज चाँदी १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १४ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

प्रतिक्रिया