आइतबार, वैशाख २८, २०८२

भारतमा कोभिड-१९ संक्रमितको संख्या ४ करोड ३० लाख ३९ हजार नाघ्यो

नेपालखोज २०७९ वैशाख २ गते १४:५७

काठमाडौं । भारतमा कोभिड–१९ संक्रमितको संख्या आज बढेर ४ करोड ३० लाख ३९ हजार भन्दा बढी पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर ९४९ थप व्यक्तिमा कोरोना संक्रमण भएपछि कुल संक्रमतिको संख्या ४ करोड ३० लाख ३९ हजार ९७२ पुगेको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ।

यसका साथै बिहीबार बिहानसम्म महामारीका कारण थप ६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ५ लाख २१ हजार ७४३ पुगेको छ ।अझै पनि ११ हजार १९१ कोरोनाका सक्रिय संक्रमित रहेका समाचारमा जनाइएको छ । पछिल्लो २४ घण्टामा १३३ सक्रिय संक्रमित बढेको पाइएको छ । ७८ दिनपछि देशमा सक्रिय संख्या बढेकोे समाचारमा जनाइएको छ ।

हालसम्म ४ करोड २५ लाख ७ हजार ३८ जना सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा ८१० जना डिस्चार्ज भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया