आइतबार, वैशाख २८, २०८२

रुसको नोक्सानी कति ? युक्रेनको दाबी यस्तो !

नेपालखोज २०७९ वैशाख ३ गते ११:१९

किएभ । रूस र युक्रेनबीच युद्ध जारी छ । यो युद्धमा रूसको सेना युक्रेनमाथि कब्जा जमाउन चाहन्छ भने युक्रेन लगातार रूसी हमलाको सामना गरिरहेको छ । यो युद्धका दौरान दुवैतर्फ जिउधनको ठूलो नोक्सानी भएको छ । रूसी सेनाले अहिलेसम्म सयौं युक्रेनी सैनिकको हत्या गरिसकेको छ भने ठूलै संख्यामा युक्रेनीसमेत मारिएका छन् । रुसी हमलामा परेर युक्रेनका दर्जनौं सहर खण्डहर भएका छन् ।

यद्यपि यो युद्धमा केवल युक्रेनको मात्र नोक्सान भएको छैन स्वयं रूसले पनि ठूलै नोक्सानी बेहोर्दै आएको छ । यो लडाइँमा रूसले आफ्ना सैनिक मात्र गुमाएको छैन ठूलो मात्रामा उसका युद्धक हतियारको समेत नोक्सानी भएको छ ।

रूसको क्षति
युक्रेनी अखबार किएभ इन्डिपेन्डेन्टले रुसका तर्फ भएको नोक्सानीको विवरण प्रकाशित गरेको छ । उक्त रिपोर्टमा मारिएका रूसी सैनिक तथा नष्ट गरिएका युद्धक हतियारको संख्या उल्लेख छ ।

किएभ इन्डिपेन्डेन्टका अनुसार यो युद्धमा रूसका करिब १९ हजार ९०० सैनिक मारिएका छन् । यसैगरी रुसको युद्धक सामग्रीतर्फ १६० लडाकु विमान, १४४ हेलिकोप्टर तथा ७५३ वटा ट्यांक ध्वस्त भएका छन् ।

३६६ तोप काम नलाग्ने
किएभ इन्डिपेन्डेन्टले उल्लेख गरेअनुसार युक्रेनी सैनिकहरुले रुसका ३६६ वटा तोप, एक हजार ९६८ वटा बख्तरबन्द लडाकु वाहन, चारवटा मोबाइल एसआरबीएम सिस्टम, १२३ वटा मल्टिपल रकेट लन्चरका अतिरिक्त १४३७ सैनिक गाडीसमेत बेकामे बनाइदिएका छन् ।

यो युद्धमा रूसका ७६ वटा फ्युल ट्यांक, १३४ वटा ड्रोन, ६४ वटा एन्टी एयरक्राफ्ट वारफेयर अनि २५ वटा स्पेसल इक्विपमेन्ट पनि काम नलाग्ने भएका छन् । यसका अतिरिक्त बिहीबार युक्रेनले रूसी युद्धपोत मोस्कवामाथि मिसाइल हमला गरेर त्यसलई डुबाइदिएको छ जुन युक्रेनका लागि सबैभन्दा ठूलो सफलता हो ।

प्रतिक्रिया