महालक्ष्मी विकास बैंकद्वारा डस्टविन हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको शिशुवा साखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत लक्ष्मी आदर्श युवा क्लव, पोखरा २७ र ३० ज्यामिरकुना, शिशुवालाई डस्टविन सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिदै बैंकको शिशुवा साखाले लक्ष्मी आदर्श युवा क्लवलाई १० थान डस्टविन हस्तान्तरण गरेको जानकारी दिएको छ ।
शिशुवा वरपर रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डस्टवीन हस्तान्तरण गरिएको बैंकका शिशुवा साखा प्रबन्धक बिमल बास्तोलाले जानकारी दिए । एक विशेष कार्यक्रमका बिच बैंकका शिशुवा साखाका प्रबन्धक बास्तोलाले युवा क्लवका अध्यक्ष निर्भान देवानलाई डस्ट विन हस्तान्तरण गरेका हुन् । सोहि कार्यक्रममा बोल्दै युवा क्लवका अध्यक्ष निर्भान देवानले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताए ।
स्थानियनगर वरपर फोहरमैला व्यवस्थापनमा सहजता होस् र वातावरणलाई स्वच्छ तथा सुन्दर बनाउन सहयोग पुगोस् भन्ने हेतुले डस्टविन वितरण गरिएको बैंकले जनाएको छ । बैंकले देशभर फैलिएर रहेका १०३ साखाहरुबाट कोर बैंकिङका सेवाहरु मात्र नभई विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरुलाई प्रभाकारी रुपले निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ। बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा साखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उदेश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्रविकास बैंक महालक्ष्मी विकास बैंक रहेको दावी पनि बैंकले गरेको छ ।








प्रतिक्रिया