आइतबार, पुष ६, २०८२

बिज बजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट

नेपालखोज २०७९ वैशाख २ गते २०:१४

काठमाडौं । नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिज बजारले नववर्ष लक्षित स्किम ल्याएको छ ।

नववर्ष लक्षित यस स्किममा सेवाग्राहीहरूले बिज बजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् भने यो स्किम २०७९ वैशाख महिना भरि अर्थात् २०७९ वैशाख ३१ सम्म लागु हुने कम्पनीले जनाएको छ ।

साथै साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धिमा बिजबजारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया