आइतबार, वैशाख २८, २०८२

रूसी नौसेनालाई ठूलो झट्का !

नेपालखोज २०७९ वैशाख ३ गते २०:०४

किएभ । युक्रेनले नेप्च्युन क्रुज मिसाइल हानेर ब्ल्याक सीमा भएको रूसी युद्धपोत मोस्कवालाई नष्ट गरिदियो । यो मिसाइल २०२१ मा युक्रेनी सेनामा सामेल भएको थियो ।

एन्टिसिप क्रुज मिसाइल नेप्च्यून
नेप्च्यून एन्टिसिप क्रुज मिसाइल हो । यसको निर्माण समुद्रमा भएको युद्धपोत नष्ट गर्न गरिएको हो । रूसले २०१४ मा क्रिमिया कब्जा गरे पछि युक्रेनले यसलाई विकसित गरेको थियो । नेप्च्यून मिसाइलको डिजाइन रूसी मिसाइल Kh-35 क्रुज मिसाइलमा आधारित छ ।

नेप्च्युन मिसाइल प्रणाली विकसित गर्न लगभग छ वर्ष लागेको थियो । मार्च २०२१ मा यसलाई युक्रेनी रक्षा बलमा शामेल गरिएको थिय‍ो। यो क्रुज मिसाइल सेनाले हतारमा तयार गरेको थियोे । किनभने २०१४ मा क्रिमिया कब्जा पछि युक्रेनक‍ो तटीय क्षेत्रमा रूसी खतरा बढेको थियो । युक्रेनी रक्षा मन्त्रालयका अनुसार नेप्च्यून एक तटीय जहाज-रोधी क्रुज मिसाइल हो, जसले ३०० किलोमीटर परसम्मको नौ सैनिक जहाज नष्ट गर्न सक्छ ।

हावा, जमिन तथा पानीबाट प्रहार गर्ने नेप्च्यून मिसाइल
नेप्च्युन मिसाइल हावा, जमिन तथा पानी सबै ठाउँबाट छोडन सकिन्छ । दुश्मनको रडार बाट जोगिन यो मिसाइल आफ्नो टर्मिनल फेजमा सतहभन्दा १०/१५ मिटरको उचाईमा उडछ । टार्गेट नजिक आएपछि यो सतहभन्दा ५/१० मिटरको उचाईमा उडदै हमला गर्छ । यहि विशेषताका कारण यसलाई रोक्न कठिन हुन्छ । यो मिसाइल सब सोनिक (हावामा आवाजको रफ्तारमा) स्पीडमा उडछ ।

४.४ मिटर लामो यो मिसाइलको वजन ८७० किलोग्राम छ । डेली मेलमा प्रकाशित एक रिपोर्टअनुसार यो मिसाइलको रेन्ज करिब १८६ माइल्स् अर्थात् करिब ३०० किलोमिटर छ । यसले आफ्नो निशानामा ५६० माइल प्रतिघण्टाका हिसाबले हमला गर्छ । यो मिसाइल करिब १५० किलो विस्फोटक लिएर लक्ष्यमा उडान भर्न सक्छ।

मिसाइल क्रुजर मास्कोभा
मास्कोभा रूसको मिसाइल क्रुजर थियो । यसको नाम मास्को शहरको नाममा राखिएको हो । १२ हजार ४९० टनक‍ो यो युद्धपोत रूसी नौ सेना ब्ल्याक सि मा भएको प्रमुख पोत थियो । यो ६०० फुट लामो युद्धपोत ह‍ो । य‍ो युद्धपोतमा लगभग ५०० शैनिक सवार थिए । मास्कोभालाई मुलरूपले १९८३ मा स्लावका रूपमा कमिशन गरिएको थियो । यसलाई २ हजारमा नयाँ हतियार प्रणाली तथा इलेक्ट्रोनिक्सले अपडेट गरिएको थियो । पछिल्लो ४० वर्ष यता भएको युद्धमा नौ सैनिक जहाजको य‍ो सबैभन्दा ठुलो नोक्सानी हो ।

जहाज डुब्ने कारण
मोस्कवामाथि एन्टि-शिप क्रुज मिसाइलले हमला गरिएको थियो र त्यहि करणले त्यसमा आगो लाग्यो । उक्त आगो युद्धपोतमा भएको गोला बारूद सल्किएर ब्लास्ट भएको थियो ।

मोस्कवा एन्टि-शिप तथा एन्टि-एयरक्राफ्ट मिसाइलकन साथ ट‍ोरपीडो, नौ सैनिक बन्दुक एवं मिसाइल सिस्टमले सुसज्जित थियोे । यो युद्धपोत रूसी नौसेना को ‘शान’ थियो । यो युद्धपोत नष्ट हुनु रूसी नौसेनालाई ठुलो झट्का हो ।

प्रतिक्रिया