आइतबार, पुष ६, २०८२

समृद्धि फाइनान्सका ग्राहकले ए टू जेट अनलाइन बजारमा २० हजारसम्म छुट पाउने

नेपालखोज २०७९ वैशाख ४ गते १७:०३

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेट अनलाइन बजारबिच सम्झौंता भएको छ । सम्झौता फाइनान्सको साखा कार्यालय पुतलीसडक, काठमाडाैंमा भएको हो । यो सम्झौतापछि फाइनान्सका ग्राहकहरुले ए टू जेट अनलाइनबजारबाट ल्यापटप, मोवाईल, टिभी र अन्य बिद्युतीय सामानहरु खरिद गर्दा अधिकतम २० हजार सम्म वा १२ दशमलव पाँच प्रतिशतसम्म छुट पाउने भएका छन ।

उक्त सुविधा मोवाईल बैंकिङ, डेविट कार्ड, कनेक्ट आईपिएस, नेपाल पे क्यु आर कोड प्रयोग गरी उक्त छुट प्रदान गरिने संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिएका छन् ।

फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच वटा साखाबाट सेवा प्रवाह गर्दै आएको र साखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि साखा सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया