सिद्धार्थ बैंकलाई ‘कर्पोरेट फुटसल च्यालेन्ज २०७९’ को उपाधी
नेपालखोज
२०७९ वैशाख ४ गते २१:००

काठमाडौं । राउण्ड टेबल नेपालले आयोजना गरेको ‘कर्पोरेट फुटसल च्यालेन्ज २०७९’ प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले जितेको छ ।
शनिबार महाराजगञ्जस्थित ढुकु फुटसल मैदानमा भएको फाइनल खेल निर्धारित समयसम्ममा आइपुग्दा एक एक गोलको बराबरीमा सकिए पछि टाइब्रेकरमा प्रतिस्पर्धी टिमलाई तिन दुई गोलले हराउँदै सिद्धार्थ बैंकले उपाधी जितेको हो ।
टाइब्रेकरमा सिद्धार्थ बैंकको तर्फबाट शान्ति राम कार्की, राजु श्रेष्ठ र राम सुन्दर कोजुले गोल गरेका थिए । उक्त फुटसल प्रतियोगितामा सिद्धार्थ बैंककोतर्फबाट दिपेन्द्र खड्का उत्कृष्ट गोलरक्षकका रुपमा पुरस्कृत भएका थिए ।
सम्बन्धित








प्रतिक्रिया