आइतबार, पुष ६, २०८२

ललितपुरको इमाडोलमा हुण्डाको सर्भिस सेन्टर स्थापना

नेपालखोज २०७९ वैशाख ४ गते २१:४५

ललितपुर । ललितपुरको इमाडोलमा होण्डा मोटरसाइकलको सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरिएको छ ।

आइतबार आयोजिक एक कार्यक्रमबीच जय मंन्जुश्री अटो वर्कसप प्रालिको शुभारम्भ गरिएको सर्भिस सेन्टरका सञ्चालक विकास महर्जनले जानकारी दिए ।

नयाँ सर्भिस सेन्टर स्थापनासँगै स्थानीवासीलाई होण्डा वाइक सर्भिसिङमा सहज हुने उनको भनाइ छ । चार जना संचालक रहेको सर्भिस सेन्टरको अध्यक्षमा कविना महर्जन र संंचालकहरुमा विकास महर्जन, बाबुराजा महर्जन, सुरेश महर्जन रहेका छन् ।

यसअघि होण्डा मोटरसाइकल कम्पनीमै काम गर्दै आएका विकास महर्जनसँग १० बर्ष को कार्यअनुभव रहेको उक्त वर्कसपले जनाएको छ ।

प्रतिक्रिया