लालीगुराँस सहकारीको सातौं काउन्टर नयाँ बजारमा

काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साताैं सदस्य सुबिधा काउन्टर काठमाडौंको नयाँ बजारमा सञ्चालन भएको छ । संस्थाले सो सुविधा काउन्टरबाट आजबाट कारोबार सुरु गरेको हो।
संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले नयाँ बजार स्थित सदस्य सुविधा काउण्टरको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले शेयर सदस्यलाई सर्वसुलभ सुबिधा उपलब्ध गराउन थप सदस्य सुविधा काउन्टर उद्घाटन गरेको बताए । उनले भने, ‘हामी उपत्यकामा अझै केही सदस्य सुविधा काउन्टर सञ्चालन गर्ने छौ ।’
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको सदस्यलाई थप सेवा दिन नया बजारका साताैं सदस्य सुविधा काउन्टर स्थापना गरेको बताए । उनले नेपालको उत्कृष्ठ सहकारी संस्थाको पहिचान दिन सफल संस्थाले थप सुविधा विस्तार गर्नेे बताए । आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउँदै लैजाने समेत स्पस्ट पारे।
पुल्चोकमा मुख्य कार्यालय रहेको संस्थाले यसअघि ललितपुर चापागाँउ, काठमाडौंको चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरिसकेको छ । प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको जानकारी गराए ।
संस्थाले हालसम्म करिब तीन सय भन्दा बढी जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएको छ । बि सं २०५६ साल भदौ १८ गते दर्ता भै असोज १५ गतेबाट कारोबार सुरु गरेको संस्था वागमती प्रदेशको उत्कृष्ट सहकारी संस्था हो ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानीमा स्वास्थ्य क्षेत्रतर्फ लालीगुराँस हस्पिटल, शिक्षा क्षेत्रतर्फ लालीगुराँस राष्ट्रिय उच्च मा.वि./ कलेज र नेशनल एकेडेमी, डेरी परियोजना तर्फ चितवनको खैरहनीमा लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लगायतसंघ संस्थामा लगानी गरेको छ ।
संस्थाबाट संचालित कार्यक्रमलाई स्तरीय, सरलीकृत तथा प्रभावकारी रुपमा सञ्चालन गर्न आफ्ना सम्पुर्ण कर्मचारीलाई समय समयमा तालिम दिइरहेको छ । संस्थाले निकट भविष्यमा उपत्यकाभित्र र बाहिर गरी थप पाँच स्थानमा थप सदस्य सुविधा काउण्टर बिस्तार गर्ने तयारी गरेको छ ।








प्रतिक्रिया