आशा लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा १२.४१ प्रतिशत बढ्याे

काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे खुद नाफा बढेकाे छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा बढेको हाे ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १० करोड ६७ लाख रुपैयाँ रहेको यस लघुवित्तको नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १२.४१ प्रतिशत बढेर १२ करोड १४ हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.८७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २५.०२ प्रतिशत र सञ्चालन मुनाफा १३.०७ प्रतिशत बढेको छ । सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा २ करोड ७ लाख रुपैयाँ छुट्याएको छ।
खुद नाफा बढेपनि समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ३७ पैसा घटेर ४७ रुपैयाँ ९२ पैसामा झरेको छ ।
चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा यस्तो आम्दानी घट्न पुगेको हाे । त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेको छ भने जगेडा कोष ४२.२३ प्रतिशत बढेको छ। लघुवित्तको सापटी ३२.९१ प्रतिशत, निक्षेप ३७.९३ प्रतिशत र कर्जा ३७.७७ प्रतिशत बढेको छ ।
चैत मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ४० पैसा रहेको छ भने मूल्य आम्दानी २७.७५ गुणा रहेको छ ।








प्रतिक्रिया