आइतबार, पुष ६, २०८२

सेन्चुरीका तीन नयाँ शाखाबाट एकै दिन सेवा प्रारम्भ

नेपालखोज २०७९ वैशाख ८ गते १८:४९

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहिबार देखि थप तीन वटा नया नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमहरूकाबिच उक्त शाखाहरूको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।

बैंकले एकै दिन कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं. ४ को महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलाली जिल्लाको लम्की नगरपालिका वडा नं. १ लम्की बजारमा लम्की शाखा र बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नंं. ७ को गुलरिया बजारमा गुलरिया शाखाबाट सेवा प्रारम्भ गरेको हो । बैंकको शाखा उद्घाटन कार्यक्रमहरूमा विभिन्न संघसंस्था एवं निकायका विशिष्ट व्यक्तिहरू, उद्यमी व्यवसायीहरू, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख संचालन अधिकृत अनिल रेग्मी लगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

२०७८ चैत्र मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी एक अर्ब एक करोड ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा एक सय ८३ दशमलव ५९ प्रतिशतले बढी हो । बैंक पहिलो पटक खुद मुनाफा एक अर्ब कटाउन सफल भएको छ ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवाविस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरूमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टरहरू संचालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । थप तीन शाखा संचालनमा आएपछि बैंकको कुल शाखा संख्या १३३ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया