आइतबार, वैशाख २८, २०८२

युक्रेनलाई थप सैन्य सहायता पठाउने बाइडेनको घोषणा

नेपालखोज २०७९ वैशाख ९ गते ९:१०

काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई ८० करोड डलर बराबरको थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेका छन् । बाइडेनका अनुसार उक्त सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन् ।

उक्त सहायता ‘सीधा स्वतन्त्रताको अग्रपङ्क्तिमा’ पठाइने बाइडेनले बताएका छन् । यद्यपि उक्त सैन्य सहायता युक्रेन पुग्नमा विलम्ब हुनसक्ने युक्रेनी उपरक्षामन्त्रीले चेतावनी दिएका छन् ।

ट्याङ्क भेदी ज्याभेलिन अस्त्रहरूको सन्दर्भमा बोल्दै यसै साता बाइडनले ‘कहिलेकाहीँ हामी नरम बोल्छौँ तर ठूलो भाला (ज्याभेलिन) बोक्छौँ किनकि हामीले तीमध्ये धेरैलाई (युक्रेनमा) पठाउँदैछौँ’ भनेका थिए ।

युद्ध सुरु भएयता युक्रेनी फौजले ज्याभेलिन अस्त्रको प्रयोग गरेर कैयन् रुसी ट्याङ्क ध्वस्त पारेका विवरण आएका थिए । गत फेब्रुअरी २४ मा रुसी हमला भएयता तीन अर्ब डलर भन्दा बढीको सैन्य सहायता युक्रेन पठाइ सकिएको छ । बीबीसी

प्रतिक्रिया