आइतबार, वैशाख २८, २०८२

१३ करोड ७० लाख अमेरिकी नागरिक अस्वस्थ हावामा बस्न बाध्य

नेपालखोज २०७९ वैशाख ९ गते १५:३८

काठमाडौं । करिब १३ करोड ७० लाख अमेरिकी नागरिक खराब अर्थात् अस्वस्थ हावामा बस्ने गरेको एक अध्ययनले देखाएको छ । सार्वजनिक गरिएको एक रिपोर्टमा सो कुरा उल्लेख गरिएको छ । उक्त रिपोर्ट अनुसार करिब १३ करोड ७० लाख अमेरिकी नागरिकहरु प्रदुषित हावामा बस्ने गरेका पाइएको समाचारमा जनाइएको छ ।

अमेरिकी लङ एसोसीएसनले बिहीबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको समाचारमा जनाइएको छ। खराब वायुको मात्रा बढ्दै गएको पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ । गत वर्ष यस्तो खराब वायुमा बस्न बाध्य भएका अमेरिकीको संख्या ९० लाख जना भन्दा केही बढी रहेको भए पनि यो मात्रा बढेको पाइएको सो प्रतिवेदनमा जनाइएको छ ।

सन् २००० देखि उक्त संस्थाले वायुको गुणस्तरीयता मापन गर्दै आएको छ । पछिल्लो समयमा सो एसोसीएसनले यस्तो खराब वायुमा बस्न बाध्य भएका नागरिकको संख्याका बारेमा पनि अनुसन्धान गर्ने गरेको छ ।

प्रतिक्रिया