आइतबार, वैशाख २८, २०८२

अफगानिस्तानको मस्जिदमा विस्फोट, २५ जनाको मृत्यु

नेपालखोज २०७९ वैशाख ९ गते २१:५७

काठमाडौं । अफगानिस्तानमा फेरि अर्को विस्फोटनको घटना भएको छ । कुन्दुज प्रान्तमा रहेको एउटा मस्जीदमा भएको विस्फोटनमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । घटनामा पनि अरु झण्डै ४० जना घाइते भएको विवरण प्राप्त आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

हरेक शुक्रबार हुने प्राथना सकिएको केही समयमै मस्जीदमा विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । स्थानीय समयअनुसार दिउसो २.३० बजे विस्फोट भएको हो । घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ।

घटनामा परी घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।घटनास्थललाई अहिले तालिवान सरकारका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छन् । घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । यसअघि गत बिहीबार भएको विस्फोटनको घटनामा परी ३४ जनाको मृत्यु भएको थियो भने ८० जना घाइते भएका थिए । -रासस

प्रतिक्रिया