आइतबार, वैशाख २८, २०८२

अफगानस्तानको मस्जिदमा बम विस्फोट हुँदा ३३ जनाको मृत्यु

नेपालखोज २०७९ वैशाख १० गते ८:५६

काठमाडौं । उत्तरी अफगानस्तानको कुन्दुज सहरमा रहेको सुफी मस्जिदमा बम विस्फोट हुँदा ३३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका समेत रहेका छन् ।

यसैगरी ४३ जना घाइते भएका छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् । विष्फोटको पछाडि कसको हात रहेको भन्ने अझै खुल्न सकेको छैन । तर, यसको पछाडि आफूलाई इस्लामिक स्टेट भनिने चरमपन्थी संगठनको हात हुनसक्ने अनुमान गरिएको छ

प्रतिक्रिया