शुक्रबार, वैशाख १९, २०८२

६० करोड बराबरको आइपीयो निष्कासनकालागि प्रभु लाइफ इन्सुरेन्सले गरायो रेटिङ

नेपालखोज २०७६ फागुन २३ गते १५:४२

काठमाडौँ । ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न प्रभु लाइफ इन्सुरेन्सले रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कमजोर आधार जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ दिएको छ । कम्पनीले १०० रुपैयाँ दरको ६० लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो । आइपीओ ल्याउन यसले रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र बिक्री प्रक्रिया अघि बढ्नेछ ।

हाल यसको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । कम्पनीले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । आइपीओ निष्काशन पछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया