आइतबार, वैशाख २८, २०८२

६० यात्रु बोकेको डुंगा डुब्यो, उद्धार कार्य जारी

नेपालखोज २०७९ वैशाख ११ गते १३:४२
प्रतीकात्मक तस्बिर

बेरुत । यमनको उत्तरी सहर त्रिपोलीनजिकको समुद्रमा ६० जना यात्रु बोकेको डुंगा डुबेको लेबनानको रेडक्रसले जनाएको छ । लेबनिज रेडक्रसका अनुसार ६० जना यात्रु बोकेको डुंगा त्रिपोलीनाजिकै डुबेको हो ।

हावाहुरीका साथै समुद्रमा आएको उच्च छालका कारण डुंगा डुबेको अनुमान गरिएको छ । तर यस दुर्घटनाको अनुसन्धान सुरु भएको र अहिले नै के कति कारणले यो डुंगा डुबेको हो भन्ने बारेमा पत्ता नलागिसकेको लेबनिज रेडक्रसका अधिकारीहरुले जनाएका छन् ।

उक्त रेडक्रसले सो क्षेत्रमा उद्धारका लागि सात ओटा एम्बुलेन्स पठाइएको जनाइएको छ । अहिले नै त्यहाँ के कति क्षति पुगेको छ र ती यात्रु को हुन् भन्ने बारेमा पनि केही पत्ता नलागेको पनि सो रेडक्रसले जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया