आइतबार, वैशाख २८, २०८२

माक्रोँ पुन: राष्ट्रपतिमा विजयी, विभाजित फ्रान्सलाई एकताबद्ध गर्ने दाबी

नेपालखोज २०७९ वैशाख १२ गते ७:५०

काठमाडाैं । एमानुएल माक्रोँ प्रतिद्वन्द्वी मारिन ल पेनलाई पराजित गर्दै दोस्रो पटक थप पाँच वर्षका लागि फ्रान्सका राष्ट्रपति भएका छन् । यद्यपि माक्रोँद्वारा पराजित पेनले अति दक्षिणपन्थीहरूको सबैभन्दा बढी मत प्राप्त गर्न सफल भइन् । माक्रोँले ५८ प्रतिशत मतसहित जित हासिल गरेको बताइएको छ ।

त्यो भनेको अपेक्षा गरिएको भन्दा ठूलो अन्तर हो । आइफल टावरको फेदमा उदारवादी माक्रोँले हर्षोल्लासका साथ आफ्ना समर्थकहरूलाई ‘अब चुनाव सकिएकाले आफू सबैका लागि राष्ट्रपति बनेको’ बताएका छन् ।

उनकी प्रतिद्वन्दी ल पेनले पराजित भए पनि आफूले पाएको मतले जितेको बताइन् । उनले आफ्ना समर्थकहरूलाई आफूहरूका राष्ट्रिय र्‍यालीहरूले आफ्नो विचारलाई नयाँ उचाइमा पुर्‍याएको बताइन् ।

तर उनका उग्रदक्षिणपन्थी प्रतिस्पर्धी एरिक जेम्डुरले ल पेन पनि उनका पिताजस्तै असफल भएको बताएका छन् । उनले भने, ‘ल पेनको नामले हारेको यो आठौँ पटक हो ।’

आफ्नो विजयपछिको मन्तव्यमा माक्रोँले ‘उग्रदक्षिणपन्थीलाई मतदान गर्ने निर्णय गर्ने देशवासीको आक्रोश र असहमतिलाई पत्ता लगाउनैपर्ने’ बताएका छन् । उनले त्यो काम अब आफू र आफू वरपरका व्यक्तिहरूको भएको पनि बताए । बीबीसी

प्रतिक्रिया