आइतबार, पुष ६, २०८२

माछापुच्छ्रे बैंकका ग्राहकले ओकिनवा स्कुटर शून्य प्रतिशत ईएमआईमा पाउने

नेपालखोज २०७९ वैशाख १३ गते ११:५२


काठमाडौं । माछापुच्छ्रे बैंकले विद्युतीय सवारीसाधानको प्रयोगलाई प्राथामिकता दिँदै आफ्ना ग्राहकको लागि ओकिनवा ब्रान्डको इलेक्ट्रोनिक स्कुटर शून्य प्रतिशत इएमआईमा पाउने व्यवस्था गरेको छ । माछापुच्छ्रे बैंकले बीएचसी इन्टरनेशनल प्रालीसँग सम्झौता गरी बैंकको इन्स्टा पे सुविधामार्फत इलेक्ट्रोनिक ओकिनवा स्कुटर शून्य प्रतिशत इएमआई पाउने व्यवस्था गरेको हो ।

उक्त सम्झौतापत्रमा बीएचसी इन्टरनेशल प्रालीको तर्फबाट प्रवन्ध निर्देशक हासिम अन्सारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत डिल्लिराम गिरीले हस्ताक्षर गरेका हुुन् । पेट्रोलियम पदार्थको खपत बढिरहेको र आयात कम भईरहेको अहिलेको परिवेशमा विद्मुतीय सवारीसाधानको प्रयोगमा जोड दिने उद्धेश्य एंव वतावरण संरक्षणमा टेवा पुर्याउने उद्धेश्यका साथ बैंकले उक्त सुविधा संचालनमा ल्याएको हो ।

बिएचसी इन्टरनेशनलसंगको सम्झौता पछि बैंकका ग्राहकहरुले छदेखि १८ महिनासम्मका लागि शून्य प्रतिशत इएमआईमा इन्स्टा पेमार्फत ओकिनवा ब्रान्डको इलेक्ट्रोनिक स्कुटर खरिद गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इस्टा पेबाट पाउन सक्नेछन् । साथै बैंकको के्रडिट कार्ड नभएका ग्राहकहरुले अनलाइनमार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् ।

हाललाई यो सुविधा बीएचसी इन्टरनेशल प्रालीको नेपाल स्थित सबै शो रुममा मार्फत प्रदान गरिने बैंकले जानकारी दिएको छ । बैंकले देशभर रहेका विभिन्न संघ संस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ । बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ बटा शाखाहरु र १६५ शाखारहित बैकिङ सेवा, ८ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा ३३७ स्थानवाट १३ लाखभन्दा बढि ग्राहकहरुमा सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०५ बटा एटीएमहरु संचालनमा रहेको छन् ।

प्रतिक्रिया